भारतबाट बिजुली किन्न स्वीकृति सरकारले प्राधिकरणलाई दियो स्वीकृति !

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ। भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई बुधबार दिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

अब प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासको लागि एउटा महत्वपूर्ण कोशेढुंगा भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।

‘कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात गर्न सकिने भएकाले दुई मुलुकबीचको विद्युत् व्यापारका लागि यसको ऐतिहासिक महत्व छ,’ शाक्यले भने, ‘ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बंगलादेशसम्म विद्युत् व्यापारका लागि अर्को स्टेपसमेत खुला भएको छ।’

प्रकाशित : शुक्रबार, बैशाख ०३, २०७८०९:०२

रेशम चौधरीलाई छुटाउने पक्षमा ओली, तयारी शुरु !