के मेस्सीले अन्तिम ‘एल क्लासिको खेलेका हुन् ?

एजेन्सी – रियल म्याड्रिड विरुद्धको गोल खडेरी तोड्न नसकेका बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको भविष्य एकपटक पुनः चर्चामा छ। ‘एल क्लासिकोमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका मेस्सीले क्लब छाड्ने चर्चा फेरी एक पटक चल्न थालेको छ। ट्रान्सफर विन्डो नजिकिँदै गर्दा मेस्सीले के-कस्तो निर्णय लिन्छन् होला भन्ने कुरामा सबैको चासो छ।

सन् २०२० मा क्लब छाड्ने निर्णय गरेर उक्त निर्णय विभिन्न कारणले फिर्ता लिएपनि उनले क्लब छाड्ने सम्भावना टरिसकेको भने छैन। मेस्सीले चाहेकै व्यक्ति जोआन लापोर्टा बार्सिलोनाको अध्यक्षमा नियुक्त भएपनि उनले क्लब छाड्ने सम्भावनालाई नकार्न नसकिने जानकारहरु बताउँछन्।

जोआन लापोर्टाको उपस्थितले मात्र मेस्सी बार्सिलोनामै रहन्छन् भन्न नसकिने धेरैको भनाई छ। मेस्सीलाई क्लबमा अड्याउन उनले के कस्ता कदम चाल्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ।

बार्सिलोना क्लबका अधिकारीहरु यति बेला शनिबार राति भएको ‘एल क्लासिको मेस्सीको अन्तिम ‘एल क्लासिको नहोस् भन्ने कामना गरिरहेका छन्। मेस्सीलाई क्लबमा अड्याउन के कस्ता कदम चाल्न सकिन्छ भन्ने बारे क्लब भित्र छलफल चलिरहेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।

केहि समय अगाडी मात्रै मेस्सीलाई क्लबमा अड्याउन आजीवन सम्झौता गर्ने योजनामा लापोर्टा रहेको खबर आएको थियो। त्यति मात्र नभई मेस्सीलाई क्लबमा अड्याउन सकेको सबै गर्ने लापोर्टा आफैंले सार्वजनिक कार्यक्रममै बताएका पनि थिए। तर, बार्सिलोना छाड्ने-नछाड्ने भन्ने कुरा मेस्सीमै निहित हुनेछ। साथ-साथै लापोर्टाले लिने निर्णयमा पनि भर पर्नेछ।

प्रकाशित : शुक्रबार, बैशाख ०३, २०७८११:०५

हार्डवेयर पसलमा भिषण आगलागी, लाखौंको क्षति !