विश्वका टप १० फरवार्डको सूची सार्वजनिक, नेइमार पहिलो स्थानमा, मेस्सी र एम्बाप्पेलाई पछि पारे !

बुधबार राति म्यानचेस्टर सिटीका युवा खेलाडी फिल फोडेनले आफ्नो करियरको उत्कृष्ट क्षण रह्यो। इंगलिस फरवार्डले च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्ड विरुद्ध विजयी गोल गर्दै सिटीलाई २०१५-१६ पछि पहिलो पटक प्रतियोगिताको सेमी-फाइनलमा प्रवेश गर्न मद्दत गरे।

फोडेन सिटीका लागि फेरी एक पटक बिग गेम प्लेयर साबित भए र उनी बिस्तारै बिस्तारै सुपरस्टारडमको बाटोमा पाइला सार्दै छन्। २० वर्षीय स्टारले यो सिजन सबै प्रतियोगितामा सिटीका लागि ४१ खेल खेल्दै १३ गरेका छन् भने थप ९ गोलमा असिस्ट प्रदान गरेका छन्। यो तथ्यांक निकै प्रभावशाली छ जसको कारण नै उनी विश्वका टप १० फरवार्डमा छैठौं स्थानमा पर्न सफल भएका छन्।

फोरफोरटुले विश्वभरका टप १० फरवार्डको एक सूची निकालेको छ जसमा म्यानचेस्टर सिटीका युवा स्टार छैठौं स्थानमा छन्। स्ट्राइकरलाई यस सूचीमा राखिएको छैन। तपाईंलाई आश्चर्यजनक यो लाग्न सक्छ कि बार्सिलोनाका कप्तान लियोनल मेस्सी सूचीमा दोस्रो स्थानमा मात्र रहेका छन्।

यस्तो छ टप १० को पूरा सूची:-

१०. मार्कस र्यासफर्ड (म्यानचेस्टर युनाइटेड)

९. रहिम स्टर्लिंग (म्यानचेस्टर सिटी)

८. सन ह्युंग मिंग (टोटनह्याम हट्सपर)

७. सर्जे गेनाब्री (बार्यन म्युनिख)

६. फिल फोडेन (म्यानचेस्टर सिटी)

५. जेडोन सान्चो (बोरुसिया डर्टमण्ड)

४. मोहम्मद सलाह (लिभरपुल)

३. किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन)

२. लियोनल मेस्सी (बार्सिलोना)

१. नेइमार (पेरिस सेन्ट जर्मेन)

प्रकाशित : शुक्रबार, बैशाख ०३, २०७८११:२७

के रोनाल्डोको २०१३ को ब्यालुन डी ओर फुटबल इतिहासको एक चोरी थियो ?