काठमाडौँ – २०७८ सालको तेस्रो दिन आज सुनको मूल्य बढेको छ। नयाँ वर्षको दोस्रो दिन बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैंयाँले बढेको छ। जसपश्चात छापावाला सुनको मूल्य ९० हजार ५ सय कायम भएको छ। यस अगाडी बिहिबार(हिजो) छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य भने तोलामा ६ सय ५० रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुनको मूल्य ९० हजार रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुन २ महिना यताकै महँगो
शुक्रबार(आज) सुनको मूल्य दुई महिना यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनसार शुक्रबार कायम भएको सुनको मूल्य फागुन महिना यताकै महँगो हो।
फागुन ४ गते पछि सुनको मूल्य आज जति महँगो कुनै पनि दिन भएको थिएन। त्यस दिन छापावाला सुन ९० हजार ९ सय र तेजाबी सुन ९० हजार ४ सय रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैंया बढेको महासङ्घले जनाएको छ। जससँगै चाँदीको मूल्य १ हजार ३ सय पुगेको छ।