गिजाबाट रगत आउनु, सुन्निनु एक साधारण समस्या हो। यो समस्या को कोहिलाई पनि हुन्छ तर यसको पीडा भने अत्यन्त हुन्छ। त्यसैले, यस्तो समस्याको उपचार प्राकृतिक तरिकाले गर्नु अत्यन्त उत्तम हुन्छ। गिजाबाट रगत आउनुको प्रमुख कारण जीवाणु संक्रमण हो। आज हामी तपाईंलाई यो समस्याबाट कसरी छुटकारा पाउने भन्ने बारे बताउँछौं….
मह
गिजाबाट रगत आउनुको एक मुख्य कारण जीवाणु संक्रमण पनि हुनसक्छ। महको उपयोगले गिजाबाट रगत आउने र गिजा सुन्निने समस्याबाट छुटकारा मिल्नेछ। महमा जीवाणुरोधी र एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छ जसको कारण यसको प्रयोगले गिजा सम्बन्धि समस्याबाट राहत प्रदान गर्छ। त्यसको लागि औंलामा थोरै मह लगाएर गिजामा लगाउनुहोस्।
नरिवलको तेल
नरिवलको तेलमा एन्टी-इन्फ्लेमेन्टरी र एन्टी-माइक्रोबियल गुणहरू हुन्छन्। जसको कारण यसको प्रयोगले गिजा दुखाइ, सुन्निने र रगत आउने जस्ता समस्याबाट राहत प्रदान गर्छ। त्यसको लागि एक चम्चा तेल लिनुहोस्। नरिवलको तेल मुखमा १० देखि १५ मिनेटसम्म घुमाउनुहोस्। यसो गर्नाले दाँत पनि सफा हुन्छ।
ल्वांग
यो समस्यामा ल्वांगको तेलले तपाईंलाई निकै फाइदा पुर्याउन सक्छ। ल्वांगको तेल जीवाणुको संक्रमणसँग लड्न र गिजाबाट रगत आउने समस्यामा धेरै लाभदायक साबित हुन्छ। ल्वांगमा एन्टी-प्लेक र एन्टी-इन्फ्लेमेन्टरी तत्वहरू पाइन्छ, जसले दाँतसँग सम्बन्धित समस्याबाट राहत प्रदान गर्छ।
नुन पानी
गिजाबाट रगत आउँदा नुन पानीले गार्गल गर्नु पनि लाभदायक हुन्छ। यसको लागि तपाईंले एक कप पानी लिनुपर्छ र त्यसमा थोरै नुन मिलाउनुहोस्। अब उक्त नुन पानीले गर्गल गर्नुहोस्। यसो गर्नाले गिजा सुन्निने समस्या कम हुन्छ र गिजाबाट रगत आउन पनि बन्द हुन्छ। नुनमा एन्टीसेप्टिक र एन्टी-इन्फ्लेमेन्टरी गुणहरू हुन्छन्। जसले जीवाणु संक्रमण हुनबाट बचाउँछ।