काठमाडौँ : बुध पर्वतले व्यक्तिको प्रगतिमा अत्यन्तै महत्वपूर्ण योगदान राख्छ। यदि बुध पर्वतबाट कुनै रेखा निस्केर मङ्गल पर्वतमा गएको छ भने यस्ता व्यक्ति सफलता र उन्नतिको चरमोत्कर्षमा पुग्छन्।
यद्यपि यदि मङ्गल पर्वतबाट कुनै रेखा निस्केर बुध पर्वतमा गएको छ भने यसको परिणाम पनि ठिक उल्टो हुन्छ । हस्तरेखा विज्ञान अनुसार यस स्थितिमा व्यक्ति अत्यन्तै चलाख दिमाग वाला र अपराधी हुन्छन्।
व्यक्तिको हत्केलामा बुध पर्वत समन्या रुपमा विकसित हुनुले उनको विज्ञानप्रतिको रुचिलाई दर्शाउँछ । यस्ता व्यक्ति प्रविधि, कम्प्युटर र विज्ञानसँग जोडिएका क्षेत्रमा सफल हुन्छन् । यो योगका व्यक्तिसँग कहिले पनि धन र सम्मानको कमी हुँदैन् । यिनीहरुले आफ्नो क्षेत्रमा सफलता हासिल गर्छन्।
यदि बुध क्षेत्रबाट कुनै रेखा निस्केर सूर्य पर्वतमा गएको छ भने त्यस्ता व्यक्तिले अधिक सफलता र उन्नति हासिल गर्छन्। यस स्थितिका व्यक्तिले विज्ञानको क्षेत्रमा धेरै नाम कमाउँछन्। यिनीहरु वैज्ञानिक बन्ने धेरै सम्भावना हुन्छ र आफ्नो आविष्कारको दममा प्रसिद्धि पाउँछन् ।
(यस आलेखमा दिईएको जानकारी पूर्णतया सत्य एवं सटिक भएको हामी दाबी गर्दैनौँ । यी जानकारी धार्मिक आस्था र लौकिक मान्यतामा आधारित छन्, जसलाई मानिसहरुका रुचिलाई ध्यानमा राखी प्रस्तुत गरिएको हो ।)