कता बेपत्ता भईन् ‘वान्टेड’ की आयशा टाकिया ?

एजेन्सी : बलिउड एक्ट्रेस आयशा टाकियाले सन् २००४ मा अजय देवगनको फिल्म ‘टार्जन – द वन्डर कार’ बाट डेब्यु गरी इन्डस्ट्रीमा धमाल मच्चाएकी थिईन् । भारतको महाराष्ट्र राज्यको मुम्बईमा जन्मेकी आयशाले आफ्नो करियरमा ‘सोचा ना था’, ‘सलाम-ए-इश्क’, ‘नो स्मोकिङ’ र ‘डोर’ लगायत धेरै फिल्महरुमा काम गरेकी छिन् ।

यद्यपि उनको धेरैजसो फिल्मले बक्स अफिसमा खासै चमत्कार देखाउन सकेन् । तर सन् २००९ मा उनी सुपरस्टार सलमान खानसँग देखिएकी थिईन्, जुन फिल्म अपवाद साबित भयो । यो फिल्म बक्स अफिसमा एकदमै हिट भयो र आयशाको चर्चा एकाएक चुलियो । तर ‘पाठशाला’ र ‘मोड’ जस्ता फिल्महरुमा काम गरेपछि आयशा अचानक बलिउड इन्डस्ट्रीबाट गायब भईन् ।

सवाल उठ्छ कि आखिर आयशा अचानक लाइमलाइटबाट किन टाढा भईन् र अहिले के गरिरहेकी छिन् ? बाल्यकालदेखि नै अभिनेत्री बन्ने चाहना राख्ने आयशाले हिट फिल्महरु पनि दिईन् र केही फिल्मबाट हात पनि धुनुपर्यो ।

शाहरुख खानको फिल्म ‘मैं हूं ना’ मा पहिले अमृता रावको भूमिका आयशाले निभाईरहेकी थिइन् । तर बीचैमा उनलाई यस फिल्मबाट निकालिएको थियो । फिल्म म्यागाजिनका अनुसार आयशाको एट्टिच्युडको कारण उनलाई फिल्मबाट निकालिएको थियो ।

त्यस्तै आमिर खानको फिल्म ‘गजनी’ मा पनि आयशा देखिने वाला थिईन् । यसबारे आयशाले जताततै खुलेर कुरा पनि गरेकी थिईन् । तर कुनै कारणवश उनलाई यो फिल्मबाट पनि निकालिएको थियो ।

बलिउड इन्डस्ट्रीमा आयशको एट्टिच्युड नै समस्याको कारक बन्यो । जहाँसम्म आयशा सिनेमाको दुनियाँको टाढा हुने कुरा छ, यसको सुरुवात फिल्म ‘वान्टेड’ को शूटिङ अघि देखि नै भईसकेको थियो ।

‘वान्टेड’ फिल्मको शूटिङ सुरु हुनुभन्दा ५ वर्ष अघि नै आयशा हस्पिट्यालिटी बिजनेसम्यान फरहान आजमीसँग रिलेसनशिपमा थिईन् । वान्टेडको शूटिङ सकिएपछि र फिल्म रिलिज हुनु भन्दा अगाडीको समयावधिमै २३ वर्षको उमेरमा आयशा फरहानसँग वैवाहिक बन्धनमा बाँधिईन् ।

विवाहपछि उनी फिल्मबाट बिस्तारै टाढिदै गईन् । उनले विवाहपछि जम्मा एउटा फिल्ममा काम गरिन् । र त्यो फिल्म थियो नागेश कुकुनूर निर्देशित ‘मोड़’ । यस फिल्ममा उनको अभिनयको चलचित्र समालोचकले निकै तारिफ गरेका थिए ।

अहिले के गर्दै छिन् आयशा ?

फिल्मबाट टाढिएपछि आयश आफ्नो पतिको रेस्टोरन्ट बिजनेस सम्हालिरहेकी थिईन् । सन् २०१३ मा उनलाई पुत्रलाभ भएको थियो , जसको नाम उनले मिखाइल राखेकी थिईन् । आयशा आफ्नो परिवारसँग सकेसम्म धेरै समय बिताउन चाहन्थिन्, उनको स्वेच्छाले उनी इन्डस्ट्रीबाट टाढिने फैसला लिएकी थिईन् । आयशाले आफ्नो सानो पारिवारिक दुनियाँ र फेमिली बिजनेसमा मस्त छिन् ।

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८१८:५५

बलिउडमा कट्रिना-ज्याक्लिनलाई समेत कडा टक्कर दिन्छन् साउथका यी एक्ट्रेसेस !