३०० रुपैयाँमा स्टेज शो गर्थे सिङ्घमका भिलेन, वान्टेडबाट चुलिएको थियो चर्चा

एजेन्सी : दिग्गज अभिनेता प्रकाश राज केहि समय अगाडी मात्रै आफ्नो ५६ औँ जन्मोत्सव मनाए । प्रकाश राजले दक्षिण भारतीय र हिन्दी सिनेमाका तमाम फिल्महरुमा काम गरेका छन् तर प्राय: दर्शकले उनलाई वान्टेड र सिङ्घम फिल्मको भिलेनको भूमिकाबाट धेरै चिन्छन्।

हिन्दी सिनेमा जगतमा प्रकाश राजले पछिल्लो केही समय अघि मात्र पहिचान बनाएका हुन्। उनले लामो समयदेखि दक्षिण भारतीय सिनेमाबाट मानिसहरुलाई मनोरञ्जन गराईरहेका छन्।

प्रकाश राजले आफ्नो करियरको सुरुवात सन् १९८८ मा रिलिज भएको फिल्म ‘मिथिलेय सीथेयारु(Mithileya Seetheyaru)’ बाट गरेका थिए।

लामो समयसम्म तमिल, तेलुगु र कन्नड फिल्ममा काम गरेपछि पहिलो पटक सन् २००२ मा रिलिज भएको फिल्म शक्तिबाट हिन्दी सिनेमा देखिएका थिए। त्यसपछि उनले खाकी, वान्टेड र सिङ्घम जस्ता फिल्महरुमा काम गरे। यद्यपि उनले सबैभन्दा बढी चर्चा फिल्म ‘वान्टेड’ बाट पाए।

वान्टेड फिल्मबाट चुलियो चर्चा 

सुपरस्टार सलमान खानको फिल्म ‘वान्टेड’ मा प्रकाश राजले नेगेटिभ रोल निभाएका थिए। फिल्ममा उनको भूमिका लिड भिलेनको थियो र उनले यो भूमिका यति राम्ररी निभाएका थिए कि दर्शकलाई हँसाउनुको साथ-साथै डराउन पनि सफल भएका थिए।

यसरी नै फिल्म ‘सिङ्घम’ मा उनले फन्नी भिलेनको रोल गरेका थिए। यी दुई फिल्ममा निभाएको भूमिकाको कारण एकाएक हिन्दी सिनेमा जगतमा उनको चर्चा चुलियो।

यसरी भएको थियो करियरको सुरुवात 

हिन्दी सिनेमा जगतमा काम सुरुवात गर्नु अघि प्रकाश राजले लामो समयसम्म थियटरमा काम गरे। उनले महिनाको करिब ३०० भारतीय रुपैयाँमा स्टेज शो गर्थे।

यसबाहेक उनले थियटर र स्ट्रिट शोमा पनि मिहिनेत गरे। टेलिभिजन र फिल्ममा प्रवेश गर्नु अघि नै प्रकाश राज एक कुशल कलाकार बनिसकेका थिए।

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८१९:१०

मल्लिका शेरावतले यस्तो फोटो हालेपछि बुढीकन्या भन्दै व्यापक ट्रोल !