नयाँ वर्षसँगै महँगीयो सुन, पछिल्लो ६१ दिन यताकै महँगो, कति ?

२०७८ साल लागेसँगै लागातर बढेको सुनको मूल्यमा आज पनि वृद्धि भएको छ। वर्षको पहिलो कारोबार भएको दिन बिहिबार छापवाला सुनमा ३ सय रुपैयाँले वृद्धि भएको थियो भने शुक्रबार प्रति तोला ७ सय रुपैयाँले बढेको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा साताको पहिलो दिन आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जसपश्चात छापावाला सुनको मूल्य ९० हजार ७ सय कायम भएको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुनको मूल्य ९० हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबारको सुनको मूल्य पछिल्लो ६१ दिन यताकै महँगो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनसार आज कायम भएको सुनको मूल्य फागुन ४ गते यताकै महँगो हो।

त्यस्तै, अआज चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलामा १० रुपैंया वृद्धि भएर १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोहि मूल्यमा करोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित : आइतबार, बैशाख ०५, २०७८११:२५

नेप्से परिसूचकमा ३५.८९ अंकको गिरावट, सेयर बजार २७ सय बिन्दुबाट तल झर्यो !