पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या हजार भन्दा माथि, उपत्यकामा मात्र ४ सय भन्दा धेरै संक्रमित !

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १ हजार भन्दा धेरै संक्रमित भेटिएका छन्  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ५ हजार ८४ जनाको पीसीआर परिक्षण गर्दा १ हजार १५ र ६९९ जनाको एन्टी-जीन परिक्षण गर्दा ८१ जना गरी कुल १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।  योसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८४ हजार ७५४ जनामा सङ्क्रमण देखिएको छ ।

आइतबार मुलुकभर २६२ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७५ हजार ३०० पुगेको छ। अहिले नेपालमा ६ हजार २ सय ९० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, सरकारले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका ८ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र ४३५ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा ३२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ६४ र भक्तपुरमा ४५ जना नयाँ संक्रमित थपिएका हुन्।

प्रकाशित : आइतबार, बैशाख ०५, २०७८१६:३६

‘निकट भविष्यमै माओवादी र माधव नेपाल पक्ष बीच पार्टी एकता हुन्छ’