मेस्सी बिग गेम प्लेयर हैनन् भन्नेले आँखा खोलेर हेर्नुहोस् यहाँ, आफैं थाहा भैहाल्छ !

शनिबार बार्सिलोनाले एथलेटिक बिलबाओलाई ४-० ले हराउँदै कोपा डेल रे जित्न सफल भयो। उक्त जीतमा नायक रहे क्लब कप्तान लियोनल मेस्सी। ६ पटकका ब्यालुन डी ओर विजेताले बार्सिलोनाको जीतमा २ गोल गरे।

गत वर्ष उपाधि बिहिन बनेको बार्सिलोनाले यो सिजनको पहिलो उपाधि जित्न सफल भयो। फाइनलमा चम्केका मेस्सीको बार्सिलोनाको जर्सीमा यो अन्तिम फाइनल पनि हुनसक्छ।

लियोनल मेस्सीलाई धेरैले महत्वपूर्ण खेलमा हराउने खेलाडी भन्ने गरेका छन्। आफ्नो टिम पछाडी परेको समय वा नक-आउट चरणमा मेस्सीले आफ्नो प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोको जस्तो प्रदर्शन नगर्ने भनिन्छ। तर जब कुरा आउँछ फाइनल खेलको तब मेस्सीको आस-पास पनि कुनै खेलाडी आउँदैनन्।

मेस्सीले ३४ फाइनलमा अहिलेसम्म ३१ गोल गरिसकेका छन्। ३४ फाइनल मतलब ३४ छुट्टै फाइनल भने हैन, सुपर कपको डबल लेग सहित ३४ खेल। यस्तोमा, कुल ३४ फाइनल खेलेका मेस्सीले कुल ३१ गोल गर्न सफल भएका छन्। अब मेस्सीका प्रतिद्वन्दीको तथ्यांक हेरौं……

क्रिस्टियानो रोनाल्डो 

यहाँ मेस्सीसँगको तुलना रोमान्चक हुन्छ। हालसम्म रोनाल्डोले ३० फाइनल खेलेका छन् जसमा उनले १९ गोल गर्न सफल भएका छन् भने थप २ गोलमा असिस्ट प्रदान गरेका छन्। उनी सबैभन्दा धेरै च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने खेलाडी पनि हुन्।

नेइमार 

ब्राजिलियन स्ट्राइकरले अहिलेसम्म आफ्नो करियरमा १७ फाइनल खेल खेलेका छन्। उनले ती १७ खेलमा कुल ८ गोल गर्न सफल भएका छन्। ती मध्ये २ गोल सान्तोसका लागि थियो भने अन्य पीएसजी र बार्सिलोनाको जर्सीमा थियो।

रोबर्ट लेवान्डोस्की 

लेवाको उत्कृष्ट गोल स्कोरिंग स्ट्याट फाइनल खेलमा भने त्यति देख्न सकिएको छैन। २ पटक च्याम्पियन्स लिग फाइनल खेलेका उनले १ गोल पनि गर्न सकेका छैनन्। आफ्नो करियरमा पोलिस स्ट्राइकरले १५ फाइनल खेल खेलेका छन्, जसमा उनी ७ गोल मात्र गर्न साफल भएका छन्।

ज्लाटान इब्राहिमोभिक 

३९ वर्षीय स्विडिस खेलाडी अझै पनि फुटबल जगतमा सक्रिय छन्। सायद उनी च्याम्पियन्स लिग नजित्ने सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक हुन्। उनले आफ्नो करियरमा २० फाइनल खेल खेलेका छन् जसमा उनले १२ गोल गरेका छन्।

लुइस सुवारेज 

लुइस सुवारेजले हालसम्म १२ पटक फाइनल खेल खेलका छन्, जस मध्ये अधिकांश बार्सिलोनाका लागि खेलेका छन्। एथलेटिको स्ट्राइकरले उक्त १२ खेलमा कुल ९ गोल गरेका छन्।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८११:४१

यी हुन् २०२१ मा सबैभन्दा बढी गोलमा योगदान दिने खेलाडी, मेस्सी नम्बर एकमा, रोनाल्डो ?