शरीरको हेरचाहको लागि सधैँ नुहाउन जरुरी हुन्छ । नुहाएपछि शरीर सफा र स्वच्छ रहन्छ। सधैँ नुहाउनाले शरीर साथसाथै दिमाग पनि ताजा राख्न मद्दत गर्दछ।
तर, दिनदिनै नुहाएको भरमा छाला सम्बन्धित समस्या नरहला भन्न भने सकिँदैन । यस्ता समस्याहरु हटाउन विभिन्न चीजहरुको प्रयोग गर्न सकिन्छ ।
निमको पात
शरीरको थकान कम गर्न र सफा छालाको लागि निमको पात निकै फाइदाजनक मानिन्छ । ८ देखि १० ओटा पातलाई पानीमा उमालेर छान्नुहोस्। त्यस पानीलाई नुहाउने पानीमा मिसाउनुहोस् र त्यसले नुहाउनुहोस्। निमको पानीले नुहाउँदा छाला सम्बन्धित सबै समस्या टाढा हुन्छ। यो अनुहार र शरीरको सुन्निने समस्यालाई कम गर्न पनि निकै फाइदाजनक हुन्छ ।
फिट्कीरी र बिरे नुन
नुहाउने पानीमा एक चम्चा फिट्कीरी र बिरे नुन मिसाउनुहोस्। यसो गर्दा ब्लड सर्कुलेशन राम्रो हुन्छ । यसका साथै शरीरको थकान पनि कम हुन्छ। मांसपेशी दुख्ने समस्या भएका व्यक्तिहरुले पानीमा फिट्कीरी र बिरे नुनको प्रयोग गर्न सक्नुहुन्छ। ।
गुलाब जल
गुलाब जलको प्रयोग विशेषगरी छालामा गरिन्छ। यदि तपाई शरीरबाट आउने पसिनाको समस्याबाट राहत पाउन चाहनुहुन्छ भने गुलाब जलको प्रयोग गर्न सक्नुहुन्छ। चम्किलो र बेदाग छालाको लागि पानीमा गुलाब जल हाल्नुहोला। यस पानीबाट नुहाएपछि शरीरबाट आउने पसिनाको गन्ध कम हुन्छ।
ग्रीन टी
नुहाउनुभन्दा २० मिनेट पहिले पानीमा ४ देखि ५ ओटा ग्रीन टी ब्याग हालेर छोड्नुहोला। ग्रीन टीमा एन्टी अक्सीडेन्ट्स गुण पाइन्छ। जुनले छालाको लागि एन्टी एजिंगको काम गर्छ ।