शनिबार राती भएको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको मद्दतमा क्लबले सिजनको पहिलो उपाधि जित्न सफल भयो। उक्त दुई गोलका साथ मेस्सीले २०२१ मा सबै प्रतियोगितामा २१ गोल गर्न सफल भएका छन्। उनको नाममा थप ८ असिस्ट पनि रहेको छ।
वर्ष २०२१ मा युरोपका टप ५ लिगका खेलाडी मध्ये उक्त योगदान कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै हो। २०२० खासै राम्रो प्रदर्शन गर्न नसकेका मेस्सी २०२१ मा निकै उत्कृष्ट लयमा रहेका छन्। यस्तोमा, ट्रान्सफरमार्केटले युरोपका टप ५ लिगका खेलाडीले सबै प्रतियोगितामा गरी सबैभन्दा धेरै गोलमा योगदान गर्ने टप १० खेलाडीको सूची निकालेको छ। यस्तो छ सूची:-
१०. रोमेलु लुकाकु (इन्टर मिलान) – १८
गोल: १२
असिस्ट: ६
९. एन्टोइन ग्रिज्मन (बार्सिलोना) – १९
गोल: १०
असिस्ट: ९
८. लुइस मुरिएल (एटालान्टा) – २०
गोल: १३
असिस्ट: ७
७. क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – २०
गोल: १६
असिस्ट: ४
६. आन्द्रे सिल्भा (फ्रान्कफर्ट) – २१
गोल: १४
असिस्ट: ७
५. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख) – २२
गोल: २०
असिस्ट: २
४. किलियन एम्बाप्पे (पीएसजी) – २५
गोल: २१
असिस्ट: ४
३. एर्लिंग हालाण्ड (बोरुसिया डर्टमण्ड) – २६
गोल: १८
असिस्ट: ८
२. जेरार्ड मोरेनो (भिल्लारियल) – २६
गोल: १८
असिस्ट: ८
१. लियोनल मेस्सी (बार्सिलोना) – २९
गोल: २१
असिस्ट: ८