देशमा नक्कली डाक्टरको बिगबिगी, यी हुन् सीआईबीको फन्दामा परेका सात नक्कली डाक्टर !

काठमाडौँ – प्रहरीले नक्कली ७ डाक्टरहरुलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सात जना नक्कली डाक्टरहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुरा गाउँपालिका–२ का २८ वर्षीय मोहम्मद सिद्दिक, महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सबैला–२ का २८ वर्षीय मोहम्मद साहिद राजा, मनाङको साविक चामे गाविस–५ का ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरीको शंकरपुरा–१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीको मनरा–५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ रहेका छन्।

नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर बनेको आशंकामा सातै जनालाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। उनीहरु देशका विभिन्न स्थानबाट पक्राउ परेका हुन्। पक्राउ परेका सबैलाई काठमाडौँ ल्याइसकिएको बताइएको छ।

अनुसन्धानका क्रममा उनीहरुले नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिलको प्रमाणपत्र लिएकाे पाइएपछि पक्राउ गरिएको सीआईबीको भनाई छ। पक्राउ परेका धेरै जस्तो डाक्टरहरु देशको प्रतिष्ठिक भनिएका अस्पतालमा कार्यरत थिए।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८१५:५२

पछिल्लो २४ घण्टामा १२ सय भन्दा धेरै कोरोना संक्रमित, ८ जनाको मृत्यु !