नेपाली कला क्षेत्रका महान् हस्ती मानिने मदनकृष्ण श्रेष्ठले आज आफ्नो ७१ औं जन्मदिन मनाउँदै छन्। सन् १९५० अप्रिल १९ तारिखको दिन जन्म लिएका मदनकृष्ण श्रेष्ठ नेपाली हास्य व्यङ्ग क्षेत्र र अभिनय क्षेत्रका एक अभिन्न अंग हुन्।
मदनकृष्ण र हरिवंश आचार्यको मह जोडी सारा नेपालीको मन-मुटुमा बस्न सफल भएका छन्। उनी सन् १९८६ मा यशोदा श्रेष्ठसँग विवाह बन्धनमा बाँधिए। तर उनी अहिले मदनकृष्णको साथमा छैनन्। २०१८ मा यशोदाको निधन भयो। यस्तोमा, आज श्रेष्ठको जन्मदिनको अवसरमा एक घटनाले उनलाई आफ्नो श्रीमतीको याद दिलायो।
मदनकृष्णले आज सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उक्त घटना बारे बताएका छन्। उनले २०२७ / २८ साल तिर उनकी श्रीमतीको जन्मदिनको लागि भनेर एक गीत लेखेका थिए। पछि उनले उक्त गीत आफ्नै संगीतमा रेकर्ड पनि गरे र नेपालयको एक कार्यक्रम ‘पलेटी’ मा पनि गएका थिए। यस्तोमा, आज उनको जन्मदिनको अवसरमा ‘पलेटी’ नामक युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो देखेर मदन निकै भावुक र खुसी भए। उनले यसको लागि नेपालय संस्था तथा नेपालय परिवारलाई धन्यबाद पनि दिएका छन्।
उनले फेसबुकमा पोस्ट गर्दै लेखेका छन्,”२०२७/०२८ साल तिर होला शायद मेरी श्रीमतीले मलाई भोली मेरो जन्मदिन हो नि मात्र के भनेकी मलाई जन्मदिनको बिषयमा एउटा गीत लेख्न मन लागीहाल्यो र लेखेर आफ्नै संगीतमा रेकर्ड पनि गरेको थिएँ । जुन गीत मैले नेपालयको कार्यक्रम “पलेटी” मा पनि गाएको थिएँ । अँग्रेजी तारिख अनुसार अप्रिल १९ का दि आज मेरो जन्मदिन हो ।आजकै दिन पारेर नेपालयले यो गीत यु ट्यूबमा अपलोड गरेकोमा नेपालय संस्था तथा नेपालय परिवारलाई मुरी मुरी धन्यबाद।”
नेपाली कला क्षेत्रका महान् कलाकार मदनकृष्ण श्रेष्ठलाई ७१ औं जन्मदिनको हार्दिक शुभकामना !