हरेक व्यक्तिलाई लामो र बाक्लो कपाल मनपर्छ। सिल्की र चम्किलो कपालको लागि नरिवलको तेल, अन्डा र बियर मास्कको प्रयोग गर्न सकिन्छ । के तपाईलाई थाहा छ बाक्लो कपालको लागि प्याजको तेलको पनि प्रयोग गर्न सक्नुहुन्छ ? प्याजको रसले बनाएको हेयर मास्कको प्रयोग गर्दा कपाल चम्किलो र बाक्लो हुन्छ। प्याजमा सल्फर पाइन्छ, जसले कपाल बाक्लो र लामो बनाउन मद्दत गर्छ। थाहा पाउनुहोस्, प्याजको रस कपालमा लगाउने र हेयर मास्क बनाउने तरीका ।
प्याजको रसको हेयर मास्क बनाउने तरिका -:
हेयर मास्कको लागि २ चम्चा प्याजको रस निकाल्नुहोस्। त्यसपछि प्याजको रसमा दुई चम्चा नै क्यास्टर तेल मिसाउनुहोस्। त्यस मिश्रणलाई कपासले कपालमा लगाउनुस्।
यस मिश्रणलाई २० देखि २५ मिनेटसम्म कपालमा रहन दिनुहोला। त्यसपछि स्याम्पुले कपाल धुनुहोला। तपाईले प्याजको रसले बनाएको हेयर मास्क हप्तामा एकपटक लगाउन सक्नुहुन्छ।
क्यास्टर ओइलको फाईदा
हेयर मास्क बनाउनको लागि प्याजको रससँग क्यास्टर ओइलको प्रयोग गर्नुहोला। क्यास्टर ओइल कपालको लागि निकै फाईदाजनक हुन्छ । क्यास्टर ओइलमा रिकिनोलेइक एसिड र ओमेगा ६ पाईन्छ जुनले ब्लड सर्कुलेशन सुधार्न मदत्त गर्छ। कपाललाई नरम बनाउनको लागि क्यास्टर ओइल निकै फाईदादायक रहेको छ।