भारतमा अहिले कोरोनाको अवस्था निकै गम्भीर हुँदैछ। यस्तोमा, सरकारले फिल्म क्षेत्रलाई पनि मध्यनजर राख्दै सबै प्रकारका सुटिंगमा प्रतिबन्ध लगाएको छ। तर फिल्म तथा सिरियलको सुटिंग बन्द भए लगत्तै विभिन्न स्टार गोवा वा माल्दिभ्स घुम्न निस्केका छन्। हालसालै, कोभिड १९ संक्रमणमुक्त भएका रणबीर कपूर र आलिया भट्टलाई पनि मुम्बई एयरपोर्टमा देखियो। प्रेमीद्वय छुट्टी मनाउनको लागि माल्दिभ्स जाँदै थिए। तर मानिसलाई यो कुरा मन परेन।
सोमबार दिउसो रणबीर र आलियालाई एयरपोर्टमा देखिएको थियो। रणबीर र आलिया दुबै केहि समय अघि कोरोना भाइरसको चपेटामा आएका थिए र भर्खरै मात्र संक्रमणमुक्त भएका थिए। यस्तो अवस्थामा, यी दुबै स्वस्थ भएर एकसाथ छुट्टी मनाउन निस्केका हुन्।
प्राय: यी दुई जोडीलाई देख्दा दर्शकको मुहारमा मुस्कान आउने गर्छ तर महामारीको समयमा यिनीहरुको यो निर्णय भने फ्यान्सलाई मन परेन। मानिसले सामाजिक सञ्जालमा यसको खुब आलोचना गरेका छन्। फ्यान्सको मनमा यो कुराको आक्रोस छ कि महामारीको समय मानिसको ज्यान सुरक्षित छैन तर यी सेलिब्रेटी लाई भने मोज-मस्ती गर्नु परेको छ।
रणबीर र आलियाको एयरपोर्टको एक तस्बीर देखेर एकले लेखेका छन्,”वाह वाह….. कोरोनाको मामला बढिरहेको समयमा हामी चाहिँ माल्दिभ्स लाग्यौं। पैसा भयो भने के नहुने रछ र ?” त्यस्तै, अर्का एक मानिसले लेखे,”घुम्न जानु पनि सायद अत्यावश्यक काममा पर्ने रैछ। यिनीहरु नै हुन् जो अघिल्लो वर्ष घर मै बस्नुस भनेर बन्ने गर्थे।”