आमिरको ठाउँमा ख्वाउटे शाहरुखलाई देख्दा जब जूहीको होश उड्यो …

एजेन्सी – बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानले धेरै नायिकाहरुसँग काम गरे। त्यसमध्ये दर्शकले सबै भन्दा बढी उनको र काजोलको जोडीलाई बढी मन पराए। हुन त उनले अन्य नायिकाहरुसँग गरेका काम दर्शकले मन नपराएका होइनन्। तर काजोल र उनको जोडी अलि बढी नै जम्यो।

काजोल पछि दर्शकले शाहरुख र जूही चावलाको जोडीलाई मन पराए। यी दुईको जुगलबन्दि ‘डर’, ‘यस बोस’, ‘फिर भी दिल है हिंदुस्तानी’, ‘वन टू का फोर’, ‘राम जाने’ जस्ता चलचित्रमा देख्न मिल्यो।

शाहरुख र जूही चावलाको पहिलो भेटको रोचक किस्सा

शाहरुख र जूही चावलाले पछिलो पटक ‘राजू बन गया जेन्टलम्यान’मा सँगै काम गरेका थिए। चलचित्रमा पहिला शाहरुख नभई आमिर खानलाई कास्ट गर्ने निर्णय भएको थियो।

तर, आमिरको व्यस्तताका कारण उनले उक्त चलचित्र नगर्नेभएपनि चलचित्रमा शाहरुखलाई राखिएको थियो। जूहीका अनुसार चलचित्रमा आमिर हुने भनिएपनि शाहरुख देखेर उनी चकित नै परेकी थिइन्।

जूहीले त्यति बेला शाहरुखलाई चिनेकी थिइनन्। शुटिंगमा शाहरुख खानलाई धेरै जूहीले प्रोड्यूसर विवेक वासवानीलाई ‘यी व्यक्ति तपाईलाई कुन कोणबाट आमिर लाग्छ ?’ भनेर प्रश्न समेत गरेकी थिइन्।

जुहीले उक्त किस्सा बारे स्पष्ट पार्दै एक अन्तर्वार्तामा भनेकी छन्,”शाहरुख खान त्यतिबेला एकदम पातला थिए। उनी अहिले भन्दा काला थिए भने उनको कपाल पनि लामो थियो। आमिरको ठाउँमा उनलाई देखेर म अचम्मै परेको थिएँ। तर काम गर्दै जाँदा उनको क्षमता मैले देखें।”

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८१३:४४

बलिउडमा तहल्का मच्चाउन सफल यी अभिनेत्री कसरी बनिन् सन्यासिनी ?