ज्योतिष शास्त्रका अनुसार रोगहरुको सम्बन्ध ग्रहहरुसँग पनि हुन्छ। यदि तपाईंको कुण्डलीमा कुनै ग्रहको स्थिति ठिक छैन भने तपाईंलाई उक्त ग्रहसँग सम्बन्धित रोगले सताउन सक्छ। आज हामी तपाईंलाई कुण्डलीमा कुन ग्रहको स्थिति ठिक नहुँदा के-कस्ता रोग लाग्छन् भन्ने बारे बताउँछौं…..
सूर्य ग्रह

सूर्यलाई ग्रहहरुको राजा भनिन्छ। सूर्यको अशुभ प्रभावका कारण मानिसलाई आँखा तथा टाउको सम्बन्धि समस्याले सताउन थाल्छ। कुण्डलीमा सूर्यलाई मजबूत बनाउनको लागि दैनिक बिहान सूर्योदयको समयमा सूर्यलाई जल अर्पण गर्नुपर्छ।
चन्द्र ग्रह

यदि तपाईंको कुण्डलीमा चन्द्र ग्रह कमजोर छ भने तपाईंलाई स्वास-प्रस्वास तथा फोक्सो सम्बन्धि समस्या देखा पर्न सक्छ। साथै मानसिक स्वास्थ्यमा समस्या आउनसक्छ। चन्द्र ग्रह मजबूत पार्नको लागि सोमबारको दिन शिव जीको पूजा आराधना गर्नुहोस्।
मंगल ग्रह

मंगल ग्रह रगतसँग सम्बन्धित छ। त्यसकारण, जब कुण्डलीमा मंगल गढ़ा अशुभ हुन्छ, उक्त व्यक्ति रगतसँग सम्बन्धित रोगको चपेटामा आउनसक्छ। मंगल ग्रह मजबूत गर्नको लागि मंगलबारको दिन हनुमानको पूजा गर्नुहोस् र व्रत राख्नुहोस्।
बुध ग्रह

बुध ग्रह छालासँग सम्बन्धित छ। कुण्डलीमा बुध ग्रह कमजोर हुँदा छाला सम्बन्धि समस्याले सताउन सक्छ। बुध ग्रह मजबूत बनाउन वा बुध दोष हटाउनको लागि गाईलाई हरियो घाँस खुवाउनुहोस्।
बृहस्पति ग्रह

बृहस्पति ग्रह मोटोपनसँग सम्बन्धित छ। कुण्डलीमा बृहस्पति ग्रह कमजोर हुँदा मोटोपना तथा पेट सम्बन्धि समस्याले सताउन सक्छ। बृहस्पति ग्रहलाई प्रशन्न पार्नको लागि बिहिबारको दिन पहेंलो वस्त्र धारण गर्नुहोस्।
शुक्र ग्रह

शुक्र ग्रहलाई समृद्धि र वैभवको कारक मानिन्छ। कुण्डलीमा शुक्र ग्रह अशुभ हुँदा यौन सम्बन्धि समस्याले सताउन सक्छ। शुक्र मजबूत पार्नको लागि शुक्रबारको दिन कन्यालाई सेतो रंगको मिठाई खुवाउनु पर्छ।
शनि ग्रह

शनि कमजोर हुँदा व्यक्ति शारीरिक थकान, चोटपटकबाट सावधान रहनु पर्छ। शनिलाई मजबूत बनाउनको लागि शनिबारको दिन शनि मन्दिरमा तेल चढाउनु पर्छ।
राहु

कुण्डलीमा राहु अशुभ हुनाले मानिसलाई बारम्बार ज्वरो आउँन थाल्छ। यदि तपाईंले राहु सम्बन्धि व्यक्ति जस्तै: कुष्ठ रोगी, निर्धन व्यक्ति, सफाई कर्मचारीलाई भोजन गराएर प्रशन्न पार्न सक्नुभयो भने तपाईं माथि राशुको शुभ नजर रहन्छ।
केतु

कुण्डलीमा राहुको कमजोरीको कारण व्यक्तिलाई हड्डीहरूसँग सम्बन्धित रोग लाग्न थाल्छ। केतुको प्रतिकूल प्रभावबाट बच्न सर्वप्रथम तपाईंले आफ्ना अग्रजहरुको सेवा गर्न थाल्नुहोस्। यसका साथै कुकुरलाई रोटी खुवाउनुहोस्।

