काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले प्राथमिक शेयर (आइपिओ) जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आइपिओ जारी गर्न अनुमति दिएको हो।
अब मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको आइपिओ जारी गर्न पाउनेछ। १ सय अंकित १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्न कम्पनीले वैशाख ५ गते अनुमति पाएको बताइएको छ।
१ करोड ५० लाख कित्ता शेयर मध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता (१० प्रतिशत) र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता (१५ प्रतिशत) शेयर पाउनेछन् ।
यस अगाडी कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ बिक्रि गरिसकेको छ ।
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले प्राथमिक शेयर (आइपिओ) बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।