रियल म्याड्रिडका अध्यक्ष फियोरेन्टिना पेरेजले क्लबले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कुनै पनि हालतमा अनुबन्ध नगर्ने बताएका छन्। उनले पीएसजी स्टार किलियन एम्बाप्पेसँग पनि कुनै प्रकारको सम्पर्क नभएको बताएका छन्।
अध्यक्ष पदमा हालै मात्र पुनः नियुक्त भएका पेरेजले क्लबको स्क्वाड बलियो बनाउनको लागि आउँदो ट्रान्सफर विन्डोमा एक भन्दा बढी स्टार खेलाडी अनुबन्ध गर्ने विश्वास गरिएको छ। यस्तोमा, २०१८ मा रियलबाट युभेन्टस प्रस्थान गरेका ५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डो पनि क्लब फिर्ता आउने चर्चा चलिरहेको थियो। तर यसबारे क्लब अध्यक्षले नै प्रष्ट रूपमा इन्कार गरेका छन्।
पेरेजले एल चिरिंग्युटोलाई भने, “क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडमा फर्किनेछैनन्। यसले कुनै अर्थ राख्दैन। उनी युभेन्टससँग अनुबन्धित छन्।” रोनाल्डोको ट्रान्सफर पूरै तरिकाले इन्कार गरेका पेरेजले अर्का स्टार स्ट्राइकर किलियन एम्बाप्पेको बारेमा पनि बोलेका छन्।
उनले अहिलेसम्म आफूले एम्बाप्पेको ट्रान्सफरको बारेमा कुरा नगरेको बताएका छन्। उनले भने, “मैले अहिलेसम्म एम्बाप्पेसँग कुनै प्रकारको सम्पर्क गरेको छैन, कम्तीमा अहिलेसम्म। मलाई थाहा छैन पीएसजीसँग उनको सम्झौता बारे के हुन्छ।”
एम्बप्पे पीएसजीसँग २०२२ सँग अनुबन्ध रहेका छन्। विभिन्न रिपोर्टका अनुसार २०१८ का विश्वकप विजेताले क्लबसँग थप सम्झौतामा हस्तक्षर नगर्ने बताएका छन्।