कुशलले बनाए विश्व कीर्तिमान !

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले विश्व टि२० आई क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन् । मंगलबार नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाउँदै कुशल भुर्तेलले टि२० आई मा करिअरको सुरुवाती तीनै खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग टि२० आईमा डेब्यू गर्दै ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित हुँदा मंगलबार नेदरल्यान्ड्ससँग ६२ रनको इनिङ खेल्दै दुर्लभ कीर्तिमान कायम गरेका हुन् । यसअघि टि२० आईमा यस सफलता कुनैपनि खेलाडीले हात पार्न सकेका थिएनन् । जुन टि२० आई इतिहासकै नयाँ कीर्तिमान हो । टि२० क्रिकेटमा भने लगातार अर्धशतक प्रहार गर्ने कीर्तिमान वेस्टइन्डिजका ओपनर क्रिस गेल र न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डम म्याकुलमको नाममा छ । गेल र म्याकुलमले टि२० आईमा लगातार चार अर्धशतक प्रहार गरेका छन् ।

कुशलले नेदरल्यान्ड्सविरुद्ध ४६ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए । कुशलले १३ औं ओभरको अन्तिम बलमा स्पिनर आर्यन दत्तलाई छक्का साथ ४१ बलमा अर्धशतक पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । यसअघि कुशलले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ३० र मलेसियाविरुद्ध २६ बलमा अर्धशतक पूरा गरेका थिए । टि२० आईमा लगातार तीन अर्धशतक भारतका विराट कोहली, रोहित शर्मा, पाकिस्तानका बाबर आजम, मोहम्मद रिजवान, मोहम्मद हफिज, अष्ट्रेलिया डेविड वार्नर, दक्षिण अफ्रिका हसिम अमला, एडेन माक्ररम लगायत ब्याट्सम्यानले टि२० आईमा लगातार तीन अर्धशतक लगातार प्रहार गरेका छन् ।

मलेसियाविरुद्ध सोमबार आसिफ शेख र कुशल भुर्तेलले १ सय २ रनको शतकीय साझेदारी गर्दै यो जोडीले नयाँ विश्व कीर्तिमान कायम गरेका थिए । नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा पनि शतकीय साझेदारी गरेको यो जोडी विश्व टि२० आई क्रिकेटमा लगातार दुई खेलमा दुई शतकीय साझेदारी गर्ने विश्वका पहिलो जोडी बन्न सफल भए । नेदरल्यान्ड्सविरुद्ध गरेको १ सय १६ रनको साझेदारी कुनै पनि दुई डेब्यू खेलाडीले गरेको पहिलो शतकीय साझेदारी थियो । समग्रमा यो सिरिजमा नेपाली खेलाडीको नाममा तीन विश्व कीर्तिमान बनेका छन् ।

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८१५:३९

युरोपका ठूला क्लबहरूले सुरु गर्न लागेको सुपर लीगको किन सर्वत्र आलोचना भइरहेको छ ?