चिडियाखानामा इमूसँग लिँदै थिइन् सेल्फी, पलभरमै लाग्यो ४० हजार भन्दा बढीको झड्का !

एजेन्सी – अस्ट्रलिया सिड्नी बस्ने एक महिलालाई चिडियाखानामा सेल्फी लिनु महँगो पर्न गयो। सेल्फी खिच्दा गरिएको लापरवाहीकै कारण उनले ४० हजार भन्दा बढीको सामान गुमाइन्।

आशना अली नाम गरेकी ती महिलाले सेल्फी खिच्दा गरिएको लापरवाहीकै कारण ४० हजार नेपाली रुपैंयाँ भन्दा बढी रकम पर्ने महँगो गहना गुमाएकी हुन्।

खासमा, उनी चिडियाखानामा रहेको इमूसँग एक सेल्फी लिँदै थिइन्। उनी इमूको यति नजिक पुगिन् कि इमूले उनको कानमा रहेको मुन्द्रा नै तानेर लग्यो।

इमूले मुन्द्रा लुछ्नु भन्दा केहि समय अगाडी मात्रै लिइएको एक तस्विरमा इमूले मुन्द्रा माथि नजर लगाइरहेको देखिएको छ। आशनाका अनुसार तस्विर खिचिसकेको केहि सेकेन्डमै इमूले उनको मुन्द्रा लुछेको थियो।

मुन्द्रा गुमाएपछि आशनाले ती तस्विरहरु चिडियाखानाका कर्मचारीहरुलाई समेत देखाइन्। चिडियाखानाका कर्मचारीहरु उनलाई इमूले मुन्द्रा शौच गर्दा निकाल्ने बताउँदै फिर्ता गर्ने आश्वासन दिए। तर एक एक हप्ता सम्म पनि उनको मुन्द्रा फेला पर्न सकेन। अहिले चिडियाखानाले उनलाई अर्को मुन्द्रा दिने घोषणा गरेको छ। मुन्द्रा फिर्ता हुने भएपनि आशनाले राम्रो पाठ सिकेकी छन्।

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८१६:०९

प्लेन भित्र यस्तो के घटना भयो कि एयेरलाइन्सले यात्रुलाई दिनु पर्यो ९४ लाख ?