साउथ इन्डियन चलचित्रबाट डेब्यु गरेका थिए यी बलिउडका चर्चित नायिकाहरु !

बलिउडका शीर्ष अभिनेत्रीहरूले संसारभरि आफ्नो नाम कमाउन सफल भएका छन् । उनहरुले दक्षिण चलचित्रहरूबाट क्यारियर सुरू गरेका थिय । हाल,ती अभिनेत्रीहरू बलिउड सुपरस्टार बन्न सफल भएका छन् । हामी आज तपाईहरुलाई ती अभिनेत्रीहरूको बारेमा बताउने छौ ।

ऐश्वर्या राय बच्चन


मिस वर्ल्ड र बलिउडको शीर्ष अभिनेत्रीमध्ये एक हुन् ऐश्वर्या राय बच्चन जसले १९९७ मा तमिल फिल्म ‘इरुभ’बाट आफ्नो क्यारियर सुरु गरेकी थिईन जुन मणि रत्नमद्वारा निर्देशित गरिएको थियो।

प्रियंका चोपड़ा


प्रियंका चोपड़ा आज एक अन्तर्राष्ट्रिय स्टार बन्न सफल भएकी छिन् । अहिले पनि उनले अभिनय गरेका हरेक चलचित्र सुपरहिट बन्दै गैरहेका छन् ।
प्रियंकाले उनको चलचित्र क्यारियरको स्थापना दक्षिण चलचित्रबाट गरेकी थिईन । उनको क्यारियरको पहिलो फ्लिम तमिल चलचित्र ‘थामिजान ‘ बाट २००२ मा सुरु भएको थियो।

दीपिका पादुकोण


दीपिका पादुकोणले कन्नडा चलचित्रबाट उनको करियर सुरु गरेकी थिईन । उनको पहिलो फ्लिमको नाम ‘ऐश्वर्या’ थियो जुन २००६ मा रिलिज भएको थियो । यसमा नायकको भूमिकामा उपेन्द्र थिय ।

कृति सेनन


कृति सेननको क्यारियरको पहिलो चलचित्र तेलुगु चलचित्र ‘नेनेकोकेडिन’ थियो। यसमा, दक्षिण सुपरस्टार महेश बाबुले उनको साथमा रहेर काम गरेका थिए।

यामी गौतम


यामी गौतमले क्यानाडा फिल्म ‘उला उषा’ बाट क्यारियर सुरु गरेकी थिईन । यसमा, उनको सह अभिनेता गणेश थिय ।

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८१९:३७

ठ्याक्कै गुडिया जस्तै देखिन्छन् यी ९ मोडलहरु ! (तस्वीर सहित)