‘तिम्रो अगाडि गिर्न चाहन्छू’ भन्दै श्रीमतीको जन्मदिनमा दिपकले लेखे यस्तो मार्मिक स्टाटस!

काठमाडौँ, बैशाख ९ । नेपालका चर्चित हास्यकलाकार, अभिनेता, निर्माता तथा निर्देशक दिपक राज गिरि सामाजिक संजालमा निकै एक्टिभ रहन्छन् ।  उनि बेला-बेलामा चर्चामा पनि आइरहन्छन्। दिपक राज र मेनुका गिरिको विवाह भएको गत फागुनमा ३४ वर्ष भैसकेको छ । साथै आज दिपक राजकी श्रीमती मेनुकाको जन्मदिन परेको छ। उनले सामाजिक संजाल फेसबुकमा मेनुकासंगको तस्विर शेयर गर्दै भावुक स्टाटस लेखेका छन्। दिपक र मेनुकाको एक छोरी (मौसमी गिरि) र दुई छोराहरु (प्रसिद्ध राज गिरि र दिपेश राज गिरि) रहेका छन्।

दिपक राजले आफ्नो श्रीमती मेनुकाको जन्मदिनको अवसरमा यस्तो लेखेका छन्:

आउ हिसाब गरौ!!!
तिमिले आज जीबनको अर्ध सतक पूरा गर्यौ
त्यस्को ७०% समय त तिम्ले म संगै बितायौ
आउ आज आफै न्यायाधीश बनेर मायाको निसाफ गरौ
को नाफामा छ , को घाटामा छ ,हिसाब गरौ !!!
हुनत मायामा हिसाब हुन्न
कस्ले बढि लियो, कस्ले बढि दियो
तर हिसाबै गर्दा तिमि त प्लस नै प्लसमा छौ
मेरो खातामा त आएको मात्रै छ
तिमि बाट मैले पाएको मात्रै धेरै छ !!!
म जस्तो अब्यबस्थित मान्छे संग जीबन बिताउनु पक्कै कठिन थियो
संघर्षका दिनमा तिमि मेरो सिढि बनेकि थियौ
थकाइले गलेको अबस्थामा, सुस्ताउने पिढि बनेकि थियौ
जताबाट हिसाब गरे पनि तिम्ले म बाट लिनु पर्ने नै देखिन्छ
आफ्नो त खातामा
माइनस नै माइनस मात्रै देखिन्छ !!
यो मायाको ब्यापार घाटा स्विकार गर्दै , तिम्रो अगाडि गिर्न चाहन्छू
I love u भन्दै त्यो सबै रिन ,तिर्न चाहन्छू!!!
Happy birthday! Happy birthday!! Happy birthday!!!

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८११:१९

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने–बुझाउने प्रयास जारी छ: प्रधानमन्त्री ओली