बार्सिलोनाका कप्तान लियोनल मेस्सीको क्लबमा भविष्य बारे चलेको एक वर्ष लामो विवाद अब भने सकिने देखिएको छ। स्पेनका केहि रिपोर्टका अनुसार ३३ वर्षीय अर्जेन्टिनी फरवार्ड क्लबसँग थप २ वर्षको सम्झौतामा हस्ताक्षर गर्न तयार भएका छन्। गत सिजन मेस्सीको क्लब छाड्ने निर्णयले पूरा विश्व जगतमा नै तहल्का मच्चाएको थियो।
च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहेरोरेसँगै बार्सिलोनाले कुनै पनि उपाधि जित्न सफल भएको थियो। यस्तोमा, तत्कालिन क्लब अध्यक्ष जोसेप बर्टमेउसँगको खाराब सम्बन्धको कारण पनि मेस्सीले क्लब छाड्ने निर्णय गरेका थिए। म्यानचेस्टर सिटीलाई उनको गन्तव्यको रूपमा हेरिएको थियो।
अत: क्लबसँग कानूनी लडाईमा आफू जान नसक्ने भन्दै ६ पटकका ब्यालुन डी ओर विजेताले थप एक सिजन क्याटालान क्लबमै बस्ने निर्णय गरेका थिए। जारी सिजनको अन्त्यमा क्लबसँगको सम्झौता अन्त्य हुने मेस्सी अझै पनि बार्सिलोनामा बस्ने वा नबस्ने बारे निश्चित थिएन। तर अब भने परिस्थिति परिवर्तन भएको देखिन्छ।
ईएसपीएनका प्रसारक क्रिष्टियन मार्टिनका अनुसार मेस्सीले बार्सिलोनासँग नयाँ दुई वर्षे सम्झौता हस्ताक्षर गर्न लागेका छन्, र क्लबमा उनलाई उनका राष्ट्रिय टोलीका साथी सर्जियो अगुएरोले साथ दिनेछन्। अगुएरोको सम्झौता पनि प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीसँग जारी सिजनको अन्तिमबाट सकिँदैछ। यस्तोमा, उनले क्लब छाड्ने सिटीले जानकारी दिइसकेको छ। के सर्जियो अगुएरोको कारण मेस्सी बार्सिलोना मै बस्लान् त ? अहिलेको समयमा त परिस्थिति त्यहि नै देखिन्छ।