पछिल्लो ७८ दिन यताकै महँगो भयो सुन, कति ?

बुधबार ह्वात्तै बढेको सुनको मूल्यमा आज बिहिबार पनि सामान्य वृद्धि भएको छ। नयाँ वर्ष २०७८ लागेदेखि लगातार बढेको सुनको मूल्यमा बिहिबार २०० रुपैयाँको सामान्य वृद्धि भएको हो। बैशाख १ गतेपछि आजसम्म सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढिसकेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेर ९२ हजार २ सय कायम भएको छ। मंगलबारको तुलनामा १ हजार ३ सय रुपैयाँले बढेर हिजो प्रति तोला ९० हजारमा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुनको मूल्य ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज कायम भएको सुनको मूल्य पछिल्लो ७८ दिन यताकै महँगो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनसार आजको सुनको मूल्य माघ २० गते यताकै महँगो हो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार तोलामा १० रुपैंया वृद्धि भएर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज भने २५ रुपैयाँले बढेर १ हजार ३ सय ३५ रुपैयाँमा करोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८११:११

बढ्यो नेप्से परिसूचक, यी ६ कम्पनीका सेयर होल्डर मालामाल !