यस्तो अवस्थामा मेस्सी र रोनाल्डो एकै टोलीबाट खेल्न सक्छन् !

आधुनिक पुस्ताका सर्वोत्कृष्ट खेलाडी द्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकै टोलीबाट खेलेको हेर्ने कसको चाहना छैन होला र। तर फुटबल समर्थकको यो चाहना अहिलेसम्म पूरा हुन सकेको छैन। यसको दुई कारण हुनसक्छ: एक त यी दुई खेलाडीको पारिश्रमिक। मेस्सी र रोनाल्डो संसारका सबैभन्दा धेरै कमाइ गर्ने खेलाडी हुन्। यस्तोमा सायदै कुनै क्लबले यी दुई खेलाडीको पारिश्रमिक धान्न सक्छ।

दोस्रो यी दुई खेलाडीको स्ट्याटस। फुटबल जगतका दुई सबैभन्दा ठूला नामको रोनाल्डो र मेस्सी। यस्तोमा, सायद एक-अर्काको चिर-प्रतिद्वन्दी भएको कारण पनि यो सम्भव नभएको हुनसक्छ। तर मेस्सी र रोनाल्डो दुबैका पूर्व टिम-मेट कार्लोस टेभेजले यी दुई खेलाडीलाई एक पटक सँगै खेलाउने सपना देखेका छन्।

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो अन्तत: एउटै टोलीबाट खेल्न सक्छन् किनकि कार्लोस टेभेज यी दुबै फुटबलरहरू आफ्नो टेस्टीमोनियल खेलमा खेलेको देख्न चाहन्छन्। टेभेजले आफ्नो खेल जीवनमा मेस्सी र रोनाल्डो दुबैसँग खेल्ने मौका पाएका छन्। उनले म्यानचेस्टर युनाइटेडमा हुँदा रोनाल्डसँग खेलेका थिए भने अर्जेन्टिनी राष्ट्रिय टोलीमा मेस्सीसँगै खेले।

तेभेजले २०२० मा अर्जेन्टिना स्टेशन रेडियो ला रेडलाई भनेका थिए: “यदि मैले एक टोली तयार गर्ने मौका पाए भने उक्त टोलीमा बुफोन, ह्युगो इबारा, रियो फर्डिनान्ड, गेब्रियल हेन्जे, पेट्रिस इभ्रा, एन्ड्रिया पिरलो, पल स्कोल्स, पौल पोग्बा, क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र वाइन रुनी पर्छन्।”

३७ वर्षीय अर्जेन्टिनी स्ट्राइकर हाल अर्जेन्टिनाको क्लब बोका जुनियर्सबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। जारी सिजनको अन्तिमबाट क्लबसँगको सम्झौता अन्त्य हुँदै गर्दा पूर्व युनाइटेड र सिटी स्टारले पहिले आफ्नो टेस्टीमोनियल खेलको लागि स्टार खेलाडीका साथ एक टोली निर्माण गर्न चाहान्छन्।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८१२:४६

नेपालद्वारा मलेसियालाई जीतको लागि २ सय १८ रनको विशाल लक्ष्य, करन केसीको विष्फोटक पारी !