गयराती भएको पार्मा विरुद्धको सेर-ए खेलमा रोनाल्डोको गल्तीले युभेन्टसले फ्री-किक गोल खाएको छ। खेल ३-१ ले जितेको युभेन्टसलाई यो गोल त्यति भारी त परेन तर उक्त गोलका साथ पार्माले खेलमा अग्रता लिएको थियो।
खेलको २५ औं मिनेटमा पार्माले युभेन्टसको बक्स नजिकै फ्री-किक पायो। फ्री-किक प्रहार गर्न लागेका ग्यासटन ब्रिगम्यानको अगाडी युभेका चार खेलाडीको वाल थियो। जब उनले फ्री-किक प्रहार गरे वालमा रहेका ३ खेलाडी उफ्रिए तर रोनाल्डो भने हातले मुख छोप्नमै व्यस्त भए तर उफ्रिएनन्। यस्तोमा, रोनाल्डोको टाउको कै माथि बाट बल गएर नेटको जाली चुम्न सफल भयो र पार्मा खेलमा अग्रता लिन सफल भयो।
Perhaps Cristiano Ronaldo would be better off not in Juventus's wall setup anymore 😳
(via @ESPNFC) pic.twitter.com/e1kSK7lgLv
— SI Soccer (@si_soccer) April 21, 2021
खेलको ४३ औं र ४७ औं मिनेटमा युभेन्टसका एलेक्स सान्ड्रो तथा ६८ औं मिनेटमा डी लिक्टले गोल गर्दै इटालियन च्याम्पियनलाई जीत दिलाए। तर ३६ वर्षीय पोर्चिगिज कप्तानको यो गल्ती क्लबलाई भारी पर्न सक्थ्यो। रोनाल्डोको यो गल्ती पहिलो पटक भने हैन। जारी सिजनको च्याम्पियन्स लिग अन्तिम १६ मा पोर्टोसँगको खेलमा पनि रोनाल्डोले यस्तै गल्ती गरेका थिए। जसपछि उनको खुब आलोचना पनि भएको थियो।
५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोको गल्तीको बाबजुद जीत निकालेको युभेन्टस हाल सरी-ए को अंक तालिकाको तेस्रो स्थानमा रहेको छ लिग लिडर इन्टर मिलान भन्दा ११ अंकले पछि परेको युभेले ३२ खेल खेल्दै ६५ अंक जोड्न सफल भएको छ। शीर्ष स्थानको इन्टरको ३२ खेलबाट ७६ अंक रहेको छ।