होटलमा १७ बर्षीया किशोरीसंग गाउँपालिका प्रमुख नि-र्वस्त्र पक्राउ!

सुनसरी भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव होटलबाट पक्राउ परेका छन्। होटलमा किशोरीसँग रहेका यादब रंगेहात पक्राउ परेका हुन्। उनि सरकारी गाडीको दुरुपयोग गरेर यौ-नजन्य गतिविधि गरिरहेको अवस्थामा भेटिएका थिए।

इलाका प्रहरी कार्यालय धरानका प्रहरीको अनुसार यादवलाई धरान–१३ भेडेटार जाने सडक किनारस्थित रहेको एक होटलमा यौ-नजन्य काम गरिसकेपछि नि-र्वस्त्र रहेको अवस्थामा पक्राउ गरिएको हो। उनले १७ बर्षीया किशोरीलाई जागिर लगाइदिने प्रलोभनमा पारेर बुधबार सरकारी बिदा  (रामनवमी) को दिन धरान घुम्न जाऔं भनेर फोन गरेका थिए। सरकारी गाडीमा अध्यक्ष यादव होटेल आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

युवतीको अनुसार यादबले आफुलाई जागिर लगाईदिने भनि बोलाएर होटलमा लगेर  नगरौ भन्दा भन्दै जब-रजस्ती गरेको बयान दिएकी छिन्। प्रहरी अनुसन्धानमाअध्यक्ष यादवले होटेलमा किशोरीको नाम सविना र आफ्नो  नाम सलिन शाह टिपाएको खुलेको छ। तत्कालीन संघीय समाजवादी नेपालबाट निर्वाचित अध्यक्ष यादवविरुद्ध ज-बरजस्ती करणी मुद्दा पनि दर्ता भएको छ।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८१४:३९

कोरोना प्रभाव: महाराजगञ्ज नगरपालिका एक साता बन्द