मुख्यमन्त्री राईलाई सार्वजनिक ठाउँमै मुख छा-डेपछि बालिका खड्का पक्राउ!

सत्तारुढ नेकपा नेता तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग सम्बन्ध रहेको दावी गर्दै आइरहेकी  बालिका खड्का बिहिबार पक्राउ परेकी छिन्। बालिका  नेकपा एमालेको कार्यालय थापाथलीबाट पक्राउ परेकी हुन्।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अ-पशब्द प्रयोग गरी मुख छा-डेपछि बालिका खड्कालाई पक्राउ गरि प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । मुख्यमन्त्री शेरधन राईलाई सार्वजनिक ठाउँमा गालीगलौज अभद्र व्यवहार गरेपछि  उनलाई मुद्दा चलाउने वा छाड्ने टुंगो लागेको छैन।

नेकपा जिल्ला कमिटी सदस्य कठायत कारागारमुक्त
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त हुनुभएको छ । उहाँलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो । सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भए पनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन् । जिल्ला कारागारमा समूहका पाँच कार्यकर्ता थिए । यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त हुनुभएको थियो । अझै तीन जना कारागारमै छन् ।

प्रहरीले कठायतलाई विसं २०७७ मङ्सिर २७ गते धनगढीबाट पक्राउ गरेको थियो । जिल्ला कमिटी सदस्य कठायतलाई अबिरमाला, बाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराइनाका साथै कोणसभासमेत आयोजना गरिएको थियो । सभामा कठायतले वार्तामा भएका हरेक सहमतिका बुँदा अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८१६:१७

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु !