काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।
यस दिन १० हजार १ जनाको पीसीआर परीक्षण र ४४७ जनाको एन्टीजिन परिक्षण गर्दा पीसीआर मार्फत २ हजार ३ सय ६५ जना र एन्टीजिन मार्फत ६३ जना गरी कुल २ हजार ४ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहिबार मुलुकभर २५२ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ। अहिले नेपालमा १२ हजार ६ सय ९० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र ११७४ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा ९८७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा १०६ र भक्तपुरमा ८१ जना नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै, सरकारले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका ५ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार १ सय १७ पुगेको छ ।