कोरोना संक्रमणको दोस्रो लहर नेपालमा देखिन सुरु भइसकेको छ। पछिल्ला केहि दिनमा लगातार कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय २८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। यस दिन कुल १० हजार ४ सय ४८ जनाको कोरोना परिक्षण गरिएको थियो।
योसँगै मुलुकभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ। बढ्दो संक्रमणको बीच काठमाडौँ उपत्यका सबैभन्दा प्रभावित क्षेत्र बनेको छ। पछिल्लो २४ घण्टामा पुष्टि भएको संक्रमित मध्ये झन्डै आधा संक्रमित काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट रहेका छन्। बिहिबार उपत्यकामा कुल १ हजार १ सय ७४ जना कोरोना संक्रमित भेटिएका छन्। जस मध्ये सबैभन्दा धेरै काठमाडौँ जिल्लामा ९८७ जना संक्रमित थपिएका छन्।
त्यस्तै, ललितपुरमा १०६ र भक्तपुरमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको हिसाबले बागमती प्रदेश सबैभन्दा प्रभावित देखिएको छ। पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा मात्र १ हजार ५ सय ७८ जना कोरोना संक्रमित भेटिएका छन्।
अन्य कुन जिल्लामा कति संक्रमित ? हेर्नुहोस्….
जिल्ला अनुसार कुन जिल्लामा कति सक्रिय संक्रमित ? हेर्नुहोस्….