हिजो साढे २ महिनाकै महँगो भएको सुन आज भने घट्यो , कति ?

नयाँ वर्ष २०७८ लागेदेखि लगातार बढेको सुनको मूल्य हप्ताको अन्तिम दिन भने घटेको छ। बुधबारको तुलनामा बिहिबार २०० रुपैयाँको सामान्य वृद्धि भएको सुनको भाउमा आज भने ५ सय रुपैयाँको गिरावट आएको छ। बैशाख १ गतेपछि हिजोसम्ममा सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढिसकेको थियो।

नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेर ९१ हजार ७ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबारको तुलनामा २ सय रुपैयाँले बढेर हिजो प्रति तोला ९२ हजार २ सयमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले घटेको छ। नेपाली बजारमा आज तेजाबी सुनको मूल्य ९१ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहिबार तोलामा २५ रुपैंया वृद्धि भएर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने १५ रुपैयाँले घटेर १ हजार ३ सय २० रुपैयाँमा करोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८११:०४

कहिले खुल्छ सिंगटी हाइड्राे इनर्जीकाे काराेबार? यस्तो छ तयारी!