सात कम्पनीले साढे दुई अर्ब भन्दा बढीको आईपीओ निष्कासन गर्ने, कुन कम्पनीले कति ?

देशभरका विभिन्न ७ कम्पनीहरुले छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछन्। यी कम्पनीको २ अर्ब ६९ करोड ७९ लाख ७४ हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ७९ हजार ७ सय ४० कित्ता सेयर जारी गर्न लागेका हुन्, जुन नियामक निकाय नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन्।

कुन-कुन कम्पनीले आईपीओ निष्कासन गर्न लागेका हुन् त ?

साहस उर्जा लिमिटेड 

साहस उर्जा कम्पनी लिमिटेडले आयोजना क्षेत्रका नागरिक तथा सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि गत मङ्सिर २४ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेको छ। कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा एनआइबीएल एस क्यापिटल लिमिटेडलाई दिएको छ।

ग्रिन भेन्चर लिमिटेड 

ग्रीन भेन्चर लिमिटेडले पनि प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्नेछ। प्रतिकित्ता १ सय अंकित आइपिओ जारी गर्न कम्पनीले फागुन २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरिसकेको छ। कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ।

बलेफी हाइड्रोपावर लिमिटेड 

बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि ६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कम्पनीले ३६ लाख ५५ हजार ९ सय ४० कित्ता सेयर जारी गर्नको लागि फागुन २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी 

यो कम्पनीले ३३ करोड ७ लाख ५० हजार बराबर रुपैयाँ बढीको आईपीओ निष्कासनको लागि अनुमति मागेको छ। १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागि यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण र स्थानीयका लागि आईपीओ निष्कासन गर्न कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड 

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता सेयर निष्कासन गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेकाे छ। कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धकको एनएमबि क्यापिटलले गर्नेछ।

सयपत्री हाइड्रोपावर लिमिटेड 

कम्पनी सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ लाख कित्ता सय कित्ता प्राथमिक सेयर निष्कासन गर्नका लागि कम्पनीले फागुन १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। यस कम्पनीको सेयर बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड 

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि गत फागुन १४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटल रहेको कम्पनीले ३ लाख ८९ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नेछ।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१५:०५

हप्ताको पहिलो दिन नै घट्यो सुनको भाउ, कति ?