काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यहि फागुन भित्रमा स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन्। शुक्रबार बालुवाटारमा बसेको हाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले फागुन भित्र स्थानीय तहको चुनाव हुने भएकोले तयारीमा लाग्न समेत निर्देशन दिएका हुन्।
“फागुन महिना भित्र स्थानीय तहको निर्वाचन हुन्छ, सबै आजैबाट तयारीमा लाग्दा हुन्छ,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने। स्थानीय चुनाव बारे पहिलो पटक बोलेका ओलीले अहिलेको कोभिड-१९ को अवस्थालाई मध्यनजर गर्दै महामारीबाट बच्न र बचाउन पार्टी पंक्ति परिचालित हुनलाई पनि निर्देशन दिएका छन्।
बैठकमा नयाँ स्थायी कमिटी निर्माण र कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई निष्कासन गर्ने निर्णय भएको बताइएको छ।

