करेन्ट लागेर आज बिहान एक युवकको ज्यान गएको छ । गोरखा नगरपालिका–६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्का तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम(पश्चिम)को चौरधारे नगरपालिका–१० घर भएका ३२ वर्षीय थलबहादुर विकको ज्यान गएको हो ।
ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले फलामको रड ठाडो पार्ने क्रममा विद्युत्को हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।
करेन्ट लागेर ग-म्भीर घा’इते विकलाई नजीकैको एपोलो अस्पतालमा उपचारका लागि पु¥याइएकामा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
हावाहुरीबाट जिल्लामा रु दुई करोडको क्षति
लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पु¥याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो ।
कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताए । उनका अनुसार घोगा लागिसकेका मकै र बह्रदशी गाउँपालिका–७ स्थित प्रधानमन्त्री कृषि आधुनिकीरण अन्तर्गतको दुर्गा माता कोलाखेती तथा कृषि फार्मले सञ्चालन गरेको केरा ब्लकका २०० बोट केरा भाँचिएका छन् ।
उनले हावाहुरीले करीब रु ५० लाख बराबरको केराको बोट नष्ट भएको बताए । मकै जोनअन्तर्गत खेती गरिरहेका किसान हावाहुरीले दाना लाग्न थालेको मकै नष्ट गरेपछि चिन्तित बनेका छन् ।
जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको तरकारी बाली र फलफूलसमेत न-ष्ट भएको उननाइ छ । आँप र लिचीका हाँगा भाँच्चिनुका साथै चिचिला प्रायः सबै झरेका छन् ।

