डीबाला भर्सेस रोनाल्डो: कसले पहिले गर्ला त युभेन्टसका लागि १०० गोल ?

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबाला बीच युभेन्टसका लागि कसले पहिला १०० गोल पूरा गर्ने प्रतिस्पर्धा चलिरहेको स्वयम् डिबालाले बताएका छन्। इटालियन च्याम्पियनका लागि डिबालाले ९९ गोल गरेका छन् भने रोनाल्डोले ९७ गोल गरेका छन्।

अर्जेन्टिनी स्ट्राइकरलाई उक्त कोसेढुंगा पार गर्न मात्र १ गोलको आवश्यक छ भने ३६ वर्षीय रोनाल्डोले ३ गोल गर्नु पर्नेछ। युभेन्टसको अर्को खेल २५ अप्रिलमा फियोरेन्टिनासँग रहेको छ। उक्त खेलमा दुबै स्टार खेलाडी क्लबका लागि १०० गोल पूरा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन्।

डिबालाले ट्विचसँग कुरा गर्दै भने,”रोनाल्डो र मैले युभेन्टसका लागि कसले पहिले १०० गोल गर्ने भनेर एक अर्कालाई चुनौती दिइरहेका छौं। मलाई एक गोल मात्र चाहिएको छ, जबकि रोनाल्डोलाई अझै तीन गोल चाहिन्छ। रोनाल्डो सधैं जित्न खोज्छन्, ट्रेनिङमा पनि।”

यो सिजन चोटको कारण धेरै समय मैदान बाहिर बिताएका डीबालाले युभेका लागि अन्तिम गोल अप्रिल ७ मा नापोली विरुद्द गरेका थिए भने रोनाल्डोको अन्तिम गोल पनि सोहि खेलमा आएको थियो। ५ पटकका ब्यालुन डी ओर विजेताले अन्तिम दुई खेलमा गोल गर्न सकेका छैनन्।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१७:३०

महत्वपूर्ण खेलमा मेस्सी हराउँछन्, रोनाल्डो अझ उत्कृष्ट हुन्छन्; यहि हो फरक !