देशभर भेटिए २५ सय भन्दा बढी कोरोना संक्रमित, उपत्यकामा मात्र ९ सय भन्दा धेरै !

काठमाडौँ । पछिल्लो २४ घण्टामा  देशभर २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ५५९  जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या २ लाख ९४ हजार ६०१  पुगेको छ।

आज ९ हजार ६६४ जनाको परीक्षण भएको छ। ८ हजार ७ सय ९८ जनाको पीसीआर परिक्षण गर्दा २ हजार २४४९ जना र ८६६ जनाको एन्टी-जिन परिक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ४१० जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या २ लाख ७६ हजार ७५५  पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४  छ।

त्यस्तै, आज थप ५ जनाको ज्यान गएसँगै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ३ हजार १२२  पुगेको छ।

उपत्यकामा ९ सय भन्दा बढी संक्रमित   

शुक्रबार काठमाडौं उपत्यकामा ९ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज ९४० जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र ७६० जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ७४  र ललितपुरमा १०६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१६:४७

जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या