जब मेस्सीको गोलले रोनाल्डोको दिल तोडियो, रियल फ्यान्सले थाहा पाए राजा को हो भनेर [भिडियो सहित]

सन् २०१७ को पहिलो एल क्लासिको रियल म्याड्रिड र बार्सिलोना बीचको खेल इतिहास मै सबैभन्दा रोमान्चक मध्ये एक थियो। उक्त खेलका हिरो थिए बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी।

उक्त खेल अन्तिम समयसम्म २-२ को बराबरीमा थियो तब जादुमय मेस्सीको जादू चलेको थियो। उनले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई जीत दिलाएका थिए। गोलपछि मेस्सीको सेलीब्रेसन सायद फुटबल इतिहासको एक पन्नामा रहनेछ। मेस्सीले आफ्नो जर्सी फुकालेर सारा रियल म्याड्रिडका समर्थकलाई आफ्नो नाम देखाएका थिए।

रियलका समर्थकका साथै खेलाडी पनि निकै निराश थिए। उक्त गोलको सबैभन्दा खतरनाक प्रतिक्रिया आयो मेस्सीका प्रतिद्वन्दी क्रिस्तोयानो रोनाल्डोबाट। अन्तिम समयमा मेस्सीको गोलले रोनाल्डो निकै निराश र क्रोधित देखिए। प्रशिक्षक जिनेदान जिदानको नजिकै रहेका रोनाल्डो रिसले चिच्याउन थाले र रिसमा पानीको बोतललाई नमाज्जाले लात हाने। उनले आफ्नो हात फैलाउँदै आफ्ना टिममेट प्रति रिस देखाएको प्रष्ट देख्न सकिन्थ्यो।

स्पेनी प्रकाशन एएसले दाबी गरेको थियो कि रोनाल्डो चिच्याएर आफ्ना टिममेटलाई भने, “रोबर्टो वा मेस्सी मध्ये एकलाई तिमीहरुले फल गर्नु पर्थ्यो !” उक्त गोलमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने सर्जियो रोबर्टो थिए जसलाई रोक्ने जिम्मेवारी आफूले लिनु पर्ने रियलमा डिफेन्डर मार्सेलोले बताएका थिए।

मेस्सीको त्यो गोल र रोनाल्डोको प्रतिक्रिया, फुटबल फ्यान्सले यसमा आफ्नो प्रतिक्रिया दिए। धेरैले रोनाल्डो आफ्नो करियरमा सबैभन्दा भावुक भएको पल त्यहि थियो भनेका छन् भने कसैले रोनाल्डो मेस्सीको समयमा जन्मिनु नै उनको सबैभन्दा ठूलो गल्ती थियो समेत भनेका थिए।

तर रोनाल्डोले आफ्नो बदला सायद छिट्टै लिए। उक्त खेलको केहि महिना पछि नै भएको आर्को खेलमा रोनाल्डोले बार्सिलोना विरुद्ध निकै महत्वपूर्ण गोल गर्दै त्यति सेलीब्रेसन क्याम्प नाउमा गरेका थिए।

प्रकाशित : शनिबार, बैशाख ११, २०७८११:२८

त्रिकोणात्मक सिरिजको फाइनल आज, घरेलु मैदानमा पहिलो टी–२० उपाधि जित्ने दाउमा नेपाल !