प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । शनिबार विशेष समारोहबीच बिहान ११ बजे प्रधानमन्त्री ओलीले नवनिर्मित धराहराको उद्घाटन गरेका हुन् । कार्यक्रममा सरकारका वरिष्ठ मन्त्रीसहित विशिष्ट अधिकारीको उपस्थिति रहेको थियो।

ओलीले शिलालेख अनावरण गर्दै धरहराको अद्घाटन गरेका थिए। यसका साथै उनले २० औं तलामा रहेको बालकोनीबाट पुष्प वृष्टि समेत गरेका थिए । भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा २०७२ साल बैसाख १२ गतेको भूकम्पले भत्किएको थियो। उक्त स्तम्ब भने संरक्षण गरेर लाखिएको छ।

भूकम्पले क्षति भएको ३ वर्षपछि मात्र यसको पुनः निर्माणको काम सुरु भएको थियो। २०७४ साल कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेपनि धरहरा पुनःनिर्माणको काम भने २०७५ साल असोज १४ गतेबाट मात्र शुरु भएको थियो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए।

प्रकाशित : शनिबार, बैशाख ११, २०७८१२:४१

अब डोकोमा बोकेर बिरामीलाई अस्पताल पुर्याउनु पर्ने छैन