बलिउडकि ड्रामा क्विन राखी सवांतको एक भावुक बनाउने किसिमको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडियोमा राखी रोडमा रुँदै घुँडा टेक्दै सलमान खान या सोहेल खानलाई धन्यबाद दिँदै गरेको देख्न सकिन्छ। तर राखी यहाँ दुखले रोइरहेकी छैनन्। उनी खुसीले रोइरहेकी छिन् किनकि भर्खरै मात्र उनकी आमाको क्यान्सरको अपरेशन भएको छ।
उक्त अपरेशनमा उनकी आमाको ट्युमर निकालिएको थियो। जसपश्चात राखी र उनकी आमा सलमान या सोहेल खानको प्रशंसा गरेर थाकेनन्। राखीले बताइन् कि सलमान खान र सोहेल खानको कारण उनकी आमाको अपरेशन सफल भयो र उनी अहिले सकुशल छिन्। उनले सलमान र सोहेलको लामो उमेरको समेत प्रार्थना गरिन्।
View this post on Instagram
उनले भनिन्,”धन्यवाद सलमान जी आज तपाईंले मेरी आमाको जीवन बचाउनु भएको छ। तपाईं र भगवानको कारण आज यति ठुलो अपरेसन भयो। तपाईंले हामीलाई विश्वको नम्बर १ डाक्टर, संजय शर्मा दिनुभयो जो एक राम्रो व्यक्ति र धेरै राम्रो डाक्टर हुनुहुन्छ।” राखीले सलमान जस्तो छोरा सबैको होस् भन्ने आफूले सधैं प्रार्थना गर्ने समेत बताइन्।
View this post on Instagram
साथै राखीकी आमाले समेत सलमान खान र उनको पूरा परिवारलाई आशिर्वाद दिएकी छिन्।