नेदरल्याण्डलाई १ सय ४२ रनले पराजित गर्दै नेपाल च्याम्पियन !

कुशल मल्लको मेडेन टी-२० अर्धशतक बनाएको खेलमा नेपालले जारी त्रिकोणात्मक सिरिजको फाइनल खेलमा नेदरल्याण्डलाई १ सय ४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा टस जितेर नेदरल्याण्डले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो। नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रनको पारी खेले। निकै उत्कृष्ट लयमा रहेका भुर्तेलको यो जारी सिरिजमा चौंथो अर्धशतक हो। कुशलले ५३ बलमा ८ चौका र ३ छक्कको मद्दतमा ७७ रन बनाउन सफल भए। त्यस्तै, नेपालका लागि कुशल मल्लले रनको शानदार पारी खेले। टी- २० करियरको पहिलो अर्धशतक लगाउने क्रममा उनले २ चौका र ५ छक्क प्रहार गरे।

दिपेन्द्र सिंह ऐरीले १८ बलमा ४८ रनको पारी खेल्दा कप्तान ज्ञानेन्द्र मल्ल ३३ र आसिफ शेखले १६ रनको योगदान दिए। बलिङ तर्फ नेदरल्याण्डका फिलिपे बोइजभेनले २ र सेबासटियन ब्राटले १ विकेट लिन सफल भए।

२ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड १७.२ ओभरमा मात्र ९६ रनमा अल-आउट भयो। नेदरल्याण्डका लागि सेबासटियन ब्राटले २६, म्याक्स ओडोर्डले २० र कप्तान पिटर सिलारले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोस्रो अंकको रन पनि बनाउन सकेनन्। नेपालका लागि करन केसीले ३, सन्दीप लामिछाने र कमल सिंह ऐरीले २-२ तथा अभिनाश बोहराले एक विकेट लिए।

लिग चरणमा ६ अंकका साथ पहिलो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो भने नेदरल्याण्ड ५ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो।

प्रकाशित : शनिबार, बैशाख ११, २०७८१८:३९

रियलको उपाधि होडमा कडा धक्का, बार्सिलोनालाई फाइदा !