एजेन्सी – जर्मन बुन्डेस लिगा अन्तर्गतको खेलमा बोरुसिया डर्टमण्डले वुल्फसवर्गलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा डर्टमण्डले वुल्फसवर्गलाई २-० को गोल अन्तरले पराजित गरेको हो।
डर्टमण्डलाई जिताउनेक्रममा दुवै गोल अर्लिङ ब्राउट हालाण्डले गरे। हालाण्डले खेलको १२ औँ मिनेटमा हालान्डले डिफेन्सको गल्तीको फाइदा उठाउँदै डर्टमन्डलाई अग्रता दिलाए।
दोस्रो हाफको सुरुवातमा नै जुड बलिङहम आफ्नो करियरमा पहिलो पटक रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबावमा परेको डर्टमण्डलाई हालाण्डले नै दोस्रो गोल गर्दै जीत तर्फ अगाडी बढाए। हलाण्डले खेलको ६८ औँ मिनेटमा दोस्रो गोल गरेका हुन्।
हालान्डको कीर्तिमान
वुल्फसवर्ग विरुद्ध दुई गोल गरेसँगै जारी सिजनमा हालाण्डको गोल संख्या २५ पुगेको छ। जसमध्ये १६ गोल उनले घरेलु मैदानबाहिर गरेका हुन्। यससँगै उनले एक रेकर्ड तोडेका छन्। अवे गोलमा क्लबका लागि पीएरे एमरिक आउबामियाङले सन् २०१६–१७ सिजनमा बनाएको रेकर्ड हालाण्डले तोडेका हुन्।
च्याम्पियन्स लिगका लागि क्वालिफाइ हुने सम्भावना कायमै
शनिबारको जितसँगै डर्टमण्ड शिर्ष चारमा परेर च्याम्पियन्स लिगका लागि क्वालिफाइ हुने सम्भावना पुनर्जीवित भएको छ। डर्टमण्ड हाल जर्मन बुन्डेस लिगाको पाँचौं स्थानमा छ। उसको ५५ अंक छ। त्यस्तै डर्टमण्ड भन्दा अगाडी चौंथो स्थानमा रहेको फ्रान्कफर्टको ५६ अंक र तेस्रो स्थानमा रहेको वोल्फ्सबर्गको ५७ अंक छ।

