घरमा राख्नुहोस् यो चीज, धन सम्बन्धि सबै समस्या हटेर जान्छ !

यस्ता थुप्रै समस्या छन् जसको समाधानको लागि मानिस वास्तु शास्त्रको मद्दत लिने गर्छन्। यदि तपाईं धन सम्बन्धि समस्याले घेरिनु भएको छ वा तपाईंको जीवनमा वैवाहिक समस्याले सताउन थालेको छ भने पनि वास्तु शास्त्रमा यसको समाधान रहेको छ। यस्ता समस्याको लागि तपाईंले आफ्नो घरमा चाँदीको मयुर राख्न आवश्यक हुन्छ।

चाँदीको मयुरलाई दुई तरिकाले लाभदायक मान्न सकिन्छ। एक त चाँदी आफैं एक शुभ धातु हो भने अर्को मयुरलाई भगवानको प्रिय भनिन्छ। त्यसैले, जब एई दुई चीजहरु मिल्छन् तब निकै सकारात्मक फल मिल्ने आशा राख्न सकिन्छ।

यदि तपाईंलाई प्राय जसो पैसाको समस्या हुन्छ वा यदि तपाईंको हातमा धेरै समय पैसा टिक्दैन वा वचत हुँदैन भने तपाईंले आफ्नो घरमा चाँदीको मयुर राख्न सक्नुहुन्छ। तर यो कुराको भने ध्यान राख्नुहोस् कि चाँदीको मयुर नृत्य गर्दै गरेको हुनुपर्छ। नृत्य गर्दै गरेको चाँदीको मयुर धन सम्बन्धि समस्याको लागि अत्यन्त शुभ मानिन्छ।

घरमा चाँदीको मयुर राख्नाले सबै प्रकारको नकारात्मकता हटेर जानेछ र घरमा सबै प्रकारको सुख-सुविधा प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ। घरको बैठक कोठामा चाँदीको मयुर अवश्य राख्नुहोला। यसो गर्नाले तपाईंको दुर्भाग्य दूर हुनेछ र हरेक काममा सफलता प्राप्त हुनेछ।

पूजा-पाठमा पनि चाँदीको प्रयोग धेरै शुभ मानिन्छ। त्यसैले, घरको पूजा कोठामा पनि चाँदीको मयुर राख्नुहोस्। यसो गर्नाले तपाईंले आर्थिक लाभ प्राप्त गर्न सफल हुनुहुनेछ।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८११:२९

मे महिनामा तीन ग्रहको पाँच परिवर्तन, यो राशिका लागि महिना अत्यन्तै शुभ !