नेपालगन्जमा कोरोना संक्रमित खत्रीले गरे आ-त्मह-त्या!

सांकेतिक तस्विर

बैशाख १२ । बाँकेमा कोरोना संक्रमित एक व्यक्तिले आ-त्मह-त्या गरेका छन् । नेपालगन्ज मेडिकल कलेजमा गत बैशाख ३ गते पिसिआर परिक्षण गराएका कोहलपुर ९ का ६० वर्षीय बम बहादुर खत्रीले आ-त्मह-त्या गरेका हुन्। प्रहरीको अनुसार उनले शनिबार साँझ पौने ७ बजे आफ्नो प्राण त्यागेका थिए ।

पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएका खत्रीको स्वास्थ्य अवस्था सामान्य थियो। उनि होम आइसोलेसनमा बस्दै आएका थिए।

सङ्क्रमणबाट गुल्मीमा एकको मृत्यु
कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ । गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै ज्यान गएको बताइएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत नयाँ प्रजातिको सङ्क्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ । पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । सङ्क्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् ।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८११:५२

चर्चित गायक नितेश जङ्ग कुवरले लिए संगीत यात्राबाट बिदा!