फुटबलका भविष्य एर्लिंग हालाण्डले गरे यस्तो अविश्वसनीय गोल, हेर्नुहोस् [भिडियो सहित]

जर्मन बुन्डेस लिगा अन्तर्गतको खेलमा बोरुसिया डर्टमण्डले वुल्फसवर्गलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा डर्टमण्डले वुल्फसवर्गलाई २-० को गोल अन्तरले पराजित गरेको हो।

डर्टमण्डलाई जिताउनेक्रममा दुवै गोल अर्लिङ ब्राउट हालाण्डले गरे। उक्त खेलमा हालाण्डले गरेको दोस्रो गोले देखाउँछ कि उनी कुन स्तरका खेलाडी हुन् र भविष्यमा फुटबल क्षेत्रमा राज गर्ने खेलाडी हुन् भनेर। हालाण्डले खेलको १२ औँ मिनेटमा हालान्डले डिफेन्सको गल्तीको फाइदा उठाउँदै डर्टमन्डलाई अग्रता दिलाए। जसपछि १० खेलाडी,मा सिमित भएको डर्टमण्डका लागि हालाण्डले ६८ औं मिनेटमा अविस्श्वसनिय गोल गर्दै जीत पक्का गरेका थिए।

 

मिडफिल्डर महमौद डहौडले आफ्नै हाफबाट दिएको उत्कृष्ट पास रिसिभ गर्दै हालाण्डले विपक्षी गोल तर्फ पूरा गतिमा बल बढाए। उनलाई रोक्न वुल्फ्सबर्गका हरेक डिफेन्डरले पछ्याए तर कुनै विपक्षी खेलाडी उनको आस-पास पनि आउन सकेनन्। अन्तत: उत्कृष्ट तरिकाले सुरु भएको मुभ उत्कृष्ट गोलका साथ अन्त्य भयो।

यो हालाण्डको जारी सिजनमा क्लब र राष्ट्रको लागि गरी ४३ औं गोल हो। हालाण्डले बुन्डेसलिगामा मात्र २५ गोल गरिसकेका छन्। युरोपका टप ५ लिगमा रोबर्ट लेवान्डोस्की (३६) ले मात्र हालाण्डले भन्दा बढी गोल गरेका छन्।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८१४:५२

शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको हार, बार्सिलोनालाई फाइदा !