केहि रिपोर्टका अनुसार घानाकी एक अभिनेत्री रोजमण्ड ब्राउनले गत वर्ष आफ्नो ७ वर्षीय छोराको साथमा निवस्त्र फोटो साझा गरेकी थिइन्। सामाजिक सञ्जालमा यस्तो तस्बीर साझा गर्नु उनको लागि निकै भारी पर्यो। उनलाई यस्तो हर्कत गरेकोमा तीन महिनाको जेल सजाय सुनाइएको थियो। तर उनलाई राजधानी अक्राको अदालतले जमानत दिएको छ।
२०२० को जुन महिनामा उनले छोराको जन्मदिनमा उसको हात समातेर स्क्वार्ट गर्दै गरेको फोटो सामाजिक सञ्जालमा साझा गरेकी थिइन्। उक्त तस्बीरमा अभिनेत्रीले आफ्नो शरीर कपालले मात्र ढाकेकी थिइन् भने उनका छोराले अन्डरवेयर मात्र लगाएका थिए। यस फोटोले पूरा घानामा तहल्का नै मच्चायो। मानिसहरुले अभिनेत्री र उनका छोरा माथि विभिन्न प्रश्न उठाउन सुरु गरे, जसपश्चात ब्राउनले उक्त फोटो डिलिट गर्नुका साथै माफी पनि मागेकी थिइन्।
View this post on Instagram
तर क्रिस्टियाना क्यानले अभिनेत्रीले उक्त फोटो साझा गर्न आफ्ना छोराको मनजूरी नमागेको र बाल अधिकारको पालना नगरेको भन्दै उनलाई कडा भन्दा कडा सजाय हुनुपर्ने बताएकी थिइन्। आकुवापेम पोलू नामले इन्स्टाग्राम रहेको ब्राउन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्।