काठमाडौँ, बैशाख १२। नेपालि पप गायन छेत्रमा आफ्नो छुट्टै गायन शैली प्रस्तुत दिदै आएका चर्चित तथा उदयमान पप गायक नितेश जङ्ग कुवरले संगीत यात्राबाट लिएका छन्। युवापुस्ता माझ छुट्टै छाप छोडेका निकै चर्चित गायक नितेशले आइतबार सामाजिक संजाल फेसबुकमार्फत छोटो स्टाटस लेख्दै संगीत यात्राबाट बिदा लिएको बताएका हुन्।

आफ्ना सांगीतिक यात्राका केहि तस्विर शेयर गर्दै उनि लेख्छन्,’प्यारो साथीहरु, मलाई विश्वास छ कि मेरो नेपाली संगीत यात्रा निष्कर्षमा पुगेको छ, म तपाईहरु सबैलाई यस अद्भुत रोलरकोस्टर सवारीको लागि धन्यवाद दिन चाहन्छु।स्वस्थ र नम्र हुनुहोस्।” भन्दै ह्यासट्याग ‘परिवर्तन’ भनेर राखेका छन्।

नितेशको गित ‘गेडे जस्तो जिन्दगी’, ‘हाम्रो नेपालमा’, ‘निष्ठुरी मोरी’ लगायत गीतहरू निकै चर्चित भएको थियो। थुप्रै दर्शकले उनका गीतहरू मन पराएसंगै नितेशको देश तथा विदेशमा सांगीतिक कार्यक्रममा व्यस्तता बढेको थियो।

