काठमाडौँ – कारोबार शुरु भए देखि लगातार बढेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य आइतबार घटेको छ। लगातार १० प्रतिशत सम्म बढेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य आज ३ दशमलव ८५ प्रतिशतले घटेको हो।
शेयर बजारको कारोबार बन्द हुँदा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ८ सय ७३ कायम रुपैंयाँ भएको छ। शेयर सूचिकृत भएर दोस्रो बजारमा कारोबार भएपछि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर आज भन्दा अगाडी लगातार बढेको थियो।
लगातार १० दिनसम्म लगभग १० प्रतिशतका दरले बढेको कम्पनीको शेयर मूल्य शुक्रबार ९ सय ८ रुपैंयाँ थियो। आइतबार बजार खुलेको केहि समयमा कम्पनीको शेयर मूल्य रू. ९९८ पुगेपनि कारोबार बन्द हुँदा सम्म ३ दशमलव ८५ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।